महामारीका बेला वीरगञ्ज महानगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई दोहोरो जोखिम भत्ता वितरण

असोज – कोभिड १९ महामारीको बेलामा वीरगञ्ज महानगरपालिकाले २९ जना स्वास्थयकर्मीहरुलाइै दोहोरो जोखिम भता बाँडेको पाइएको छ । विभिन्न स्वास्थ्यचौकीमा कार्यरत अहेबसहितका कर्मचारीहरुलाई महानगरले दोहोरो जोखिम भता बाँडेको हो ।

महानगरपालिकाले २०७७ साल असार ३१ गते कोभिड–१९ महामारीका बेला काम गरेका कर्मचारीहरुलाई २०७६ माघदेखि २०७७ असारसम्मको ५० प्रतिशत बराबरको जाखिम भता भुक्तानी गरेको थियो । त्यसपछि फेरि २९ जना स्वास्थ्य कर्मचारीलाई अतिरिक्त सेवा गरेको जनाई जोखिम भता र ७ लाख ७२ हजार एक सय भुक्तानी गरेको छ ।

दोहोरो जोखिम भता लिएका ती २९ जना कर्मचारीबाट कर कट्टा बाहेक ७ लाख ६४ हजार ३ सय ७६ बराबरको रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले महानगरपालिकालाई निर्देशन दिएको छ ।

यसैगरी महानगरले ९ जना स्वास्थ्य कर्मचारीहरुलाई कोभिडको बेला भन्सार हेल्प डेस्कमा काम गरेको जनाई २०७६ माघदेखि २०७७ चैतसम्मको जोखिम भत्ता १ लाख ८३ हजार ५ सय भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । दोहोरो भता दिन नमिल्ने भएकाले यथार्थ पहिल्याई सम्बन्धित ९ जना कर्मचारीहरुबाट उक्त रकम असुल उपर गर्न पनि महालेखा परीक्षकको कार्यालयले महानगरपालिकालाई निर्देशन दिएको छ ।

वीरगञ्ज महानगरपालिकाले केन्द्र सरकारबाट सरकारबाट अनुदानमा आएको करिब साढे २१ लाख रुपैयाँ कोभिड १९ जोखिम भत्ताको रुपमा कर्मचारीहरुलाई वितरण गरेको हो । सशर्तको रकम तोकिएको शिर्षक भन्दा फरक शिर्षकमा खर्च गर्न नमिल्ने व्यवस्था छ ।

महानगरले कोभिड १९ जोखिम भत्ता संघीय सशर्त अनुदानको स्वास्थ्य तर्फको तलब भत्ता शिर्षकबाट २१ लाख ४३ हजार २ सय ४३ रुपैयाँ ११ पैसा कोभिड जोखिम भत्ताको रुपमा वितरण गरेको पाइएको महालेखाले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्