कपनमा ढलमा खसेर बालक बेपत्ता

सांकेतिक तस्बिर।

काठमाडौँ – काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए।

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्