सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्र्टबीच छुट सम्झौता

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तनहँुको बन्दीपुरस्थित बन्दीपुर माउन्टेन रिसोर्टबीच सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले बन्दीपुर माउन्टेन रिसोर्टका विभिन्न सेवाहरुमा विशेष छुट पाउने छन्। सम्झौताले बैंकका ग्राहकहरुसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागि घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्पmत डेबिट कार्डको लागि आवेदन दर्ता गर्नसक्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ। मोबाइल बैकिङ्गमार्फत  खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतको व्यवस्था गरिएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्