प्रमोद खरेलेको ‘आज मेरो दिल जलेर’ सार्वजनिक

काठमाडौँ – गायक प्रमोद खरेलको नयाँ गीत बजारमा आएको छ। उनको ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो।

सार्वजनिक गीत रवि प्याकुरेल अञ्जानले लेखेका हुन्। गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ। सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

प्रेम पीडालाई निकै मर्मस्पर्शी गीतको रुपमा प्रस्तुत म्युजिक भिडियो एक्का कम्पनी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
म्युजिक भिडियोमा विक्रम बुढाथोकी, चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गरेका छन्।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्