उकालो लाग्दै सेयर बजार

काठमाडौँ– सेयर बजार बुधबार पनि उकालो लागेको छ। सेयर बजार बुधबार १०२.५७ अंकले बढेको छ। सेयर कारोबार बन्द हुन ८ मिनेटभित्रमा ५.४४ अंकले बढेर १०२.५७ अंकमा बन्द भयो।

बुधबार १०२.५७ अंकले बढेर नेप्से परिसूचक २ हजार ८ सय १४.६४ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
सेयर बजार ३.७८ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार ८ सय १४.६४ विन्दुमा पुगेको हो।

बुधबार १ करोड २१ लाख २२ हजार २ सय ९८ सेयर कित्ता ६ अर्ब १७ करोड ९३ हजार १ सय ५८ रुपैयाँमा कारोबार भएको छ।

बुधबार सबै समूह बढेका छन्। बैंकिङ ५८.३१ अंक, टे«डिङ १३२.६७ अंक, होटल एण्ड टुरिजम १३७.२८ अंक, डेभलोपमेन्ट बैंक ३७२.२८ अंक, हाइड्रो १६६.०२ अंक, फाइनान्स२०४.६४ अंक, नन् लाइफ इन्स्योरेन्स ४६४.५८ अंक, म्यानुफ्याक्चर एन्ड प्रडक्सन १७८.४५ अंक, अन्य ४५.९३ अंक, माइक्रो फाइनान्स १६१.९६ अंक, लाइफ इन्स्योरेन्स ५४८.६४ अंक, म्युचल फन्ड ०.७६ अंक र इन्भेस्टमेन्ट ३.७६ अंकले बढेको छ। बुधबार सबैभन्दा धेरै ५४८.६४ अंकले लाइफ इन्स्योरेन्स बढेको छ।

 

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्