शिविरभन्दा बाहिर कोठा भाडामा लिएर बसेको पाइएपछि काठमाडौँमा रोहिंग्या शरणार्थी खोज्दै प्रहरी

राम मन्दिर रोहिंग्या शरणार्थी शिविरकाे मुल गेटमा लगाइएको ताला । तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ- अमेरिका पुग्ने आशमा धमाधम बंगलादेशबाट गिरोहले रोहिंग्या शरर्णार्थीलाई नेपाल ल्याइ रहेको पाइएपछि प्रहरीले शिविरभन्दा बाहिर रहेकाको खोज नीति सुरु गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको विषेश टोलीले कोठा भाडा लिएर बसिरहेका रोहिंग्या शरणार्थी सुरु गरेको हो।

भदौको तेस्रो साता दुई वटा रोहिंग्या परिवारका १४ जना अवैध बाटो हुँदै बंगलादेशबाट काठमाडौं आइपुगेको थाहा पाएपछि उनिहरुलाई नेपाल ल्याउन काम गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना रोहिंग्या शरर्णाथी पनि छन् भने एक जना बंगलादेशी नागरिक रहेका छन्।

नेपाल आइपुगेपछि यूएनएचसीआरले अमेरिका पुर्‍याई दिने सपना देखाएर गिरोहले बंगलादेशबाट स्थल मार्ग हुँदै भारत भएर नेपाल ल्याउने गरेको ब्युरोका अधिकारीहरु बताउँछन्। स्रोतका अनुसार हाल कोठा भाडामा लिएर काठमाडौंको चुनिखेलमा १६ जना र बालाजुमा ९ जना रोहिंग्या शरर्णाथी बस्दै आएका छन्।

राममन्दिर, कपनमा रहेको रोहिंग्या शिविरमा ३ सय ८० जना बस्दै आएका छन्। ‘ तर शिविरभन्दा बाहिर पनि धेरै रोहिंग्या शरर्णाथी रहेको बुझिएको छ। पछिल्लो एक महिनामा मात्र करिब ४० जना रोहिग्या नेपाल भित्रिएको प्रारम्भिक जानकारी पाएका छौँ’, ब्युरोका एक अधिकारीले भने।

कोरोना महामारीअघि छिटपुटरुपमा रोहिंग्याहरु नेपाल भित्रिरहेका थिए। बर्मामा जातिय हिंसा भड्किएपछि रोहिंग्या समुदाय बंगलादेशलगायत विभिन्न देशमा शरण लिएर बसिरहेका छन्।

 

 

 

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्