डा. भक्तमान श्रेष्ठका अपहरणकारी ११ वर्षपछि पक्राउ

काठमाडौं- बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न भएको आरोपमा अदालतबाट दोषी ठहर भएकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले नुवाकोटको विदुर नगरपालिकाका ४५ वर्षीय राजेन्द्रकुमार पण्डितलाई पक्राउ गरेको हो। ११ वर्षअघि श्रेष्ठलाई १९ दिनसम्म बन्धक बनाई एक करोड १० लाख रुपैयाँ बराबरको साढे ३ केजी सुन फिरौतीबापत पाएपछि मुक्त गरिएको थियो।

अपहरणकारीले श्रेष्ठलाई तत्कालीन भरतपुर नगरपालिकाको हाकिमचोकस्थित हिमचुली विकाश बैंकनजिकैबाट १२/१५ जनाको समूहले अपहरण गरेको थियो। पुनरावेदन अदालत हेटौँडाले पण्डितलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्