काठमाडौँ- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग आबद्ध अखिल क्रान्तिकारीको २२ औं सम्मेलनको पोखरामा उद्घाटन गरिएको छ।

तीन दिनसम्म हुने अधिवेशनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले गरेका हुन्।

उद्घाटन गर्न विप्लव बुधबार बिहान पोखरा पुगेका थिए।

त्यस्तै अखिल क्रान्तिकारीको उद्घाटन समारोहमा खड्ग विश्वकर्मा प्रकाण्ड, हेमन्तप्रकाश ओलीलगायत नेताहरु पनि सहभागी छन्।

उद्घाटनअघि मार्चपास गरिएको थियो।

२१ औँ सम्मेलन भएको ४३ महिनापछि २२ औँ सम्मेलन भएको हो। बिहीबारदेखि बन्द सत्र सुरु हुनेछ।