थप १ हजार ४७८ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ।
बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ।
असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्