हाम्रो लक्ष्य : सुपथ मूल्यमा उच्च गुणस्तरको उत्पादन

अभिनव चुरिवाल।

नेपाली निर्माण सामग्रीको बजारमा मंगलम इन्डस्ट्रिज प्रालीको बेग्लै पहिचान छ। प्रतिस्पर्धी बजारमा यसले ग्राहकको मन जितिरहेको छ। मंगलम इन्डस्ट्रिज प्रालीका विभिन्न उत्पादनहरुको बजारमा माग बढ्दो छ। यसै सेरोफेरोमा रहेर मंगलम इन्डस्ट्रिजका प्रवक्ता अभिनव चुरिवालसँग गरिएको कुराकानीको सम्पादित अंश।

१.मंगलम इन्डस्ट्रिज प्रालीले आजको प्रतिस्पर्धी बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ। यसको यात्राबारे बताइदिनुस्न ?

– सन् २००९ मा, हामीले भारतको एसएफएमसी समूह सँगको संयुक्त सहकार्यमा पोलीप्रोपाइलेन रेन्डम पोलिमर(पीपीआर) पाइप उत्पादनको परिकल्पना गरेका थियौँ, जुन बेला हामीले हाम्रो प्लान्टको निर्माण गरिरहेका थियौँ। पीपीआर पाइपको लोकप्रियतामा गिरावट भइरहेको समय परेकाले हामीले हाम्रो पीपीआर प्लान्टलाई सीपीभीसी प्लान्टमा रूपान्तरण गर्ने निर्णय गर्यौँ । यसरी २०११ को सुरुमै सीपीभीसी प्लान्टको व्यावसायिक उत्पादन वितरण गर्दै मंगलम इन्डस्ट्रिज नेपालकै पहिलो सीपीभीसी उत्पादक बन्न सफल भयोे । हामीलाई इन्डस्ट्रिको खोजकर्ताको रूपमा, नयाँ उत्पादनहरुको विकास गर्न र बजारमा आफ्नो उत्पादनहरु वितरण गर्ने अवसर प्राप्त भयो । यसको परिणाम स्वरुप पछिल्लो दशकमा हाम्रो कम्पनीको सम्भावनाहरुमा एक विशालरुपले वृद्धि भयो र हामी नेपालको अग्रणी पाइप उत्पादक बन्न सफल भयौँ ।

२. मंगलम इन्डस्ट्रिजका मुख्य उत्पादनहरु के–के हुन् र यिनीहरु बजारमा पाइने अन्य पाइपहरु भन्दा कसरी फरक छन् ?

–हामी एक पूर्ण सेवा प्रदान गर्ने पाइप निर्माता हौँ जसले घर निर्माणको लागि चाहिने लगभग सबै प्रकारको पाइपकोे उत्पादन गर्दछ। हाम्रा मुख्य उत्पादनहरुमा सीपीभीसी प्लस, अल्ट्रा फ्लो (पीभिसी प्रेसर पाइप), रेनप्रो (वर्षा पानीको ‘गटर’ पाइपिङ प्रणाली), अक्वा प्रो (लिडमुक्त युपीभिसी पाइप र फिटिंग), प्रो ड्रैन (एसडब्लुआर ड्रेनेज प्रणाली), वायरसेफ(एफआरएलएस कन्डुइट पाइप र फिटिंग), मंगलम एचडीपीई पाइप र मंगलम बोरवेल केसिंग यूपीभिसीका पाइपहरु रहेका छन् ।
मंगलम इन्डस्ट्रिज उच्च गुणस्तरताको आधारमा मात्र अरु भन्दा फरक नभएर हामी नेपालमा सिपिभिसी पाइपको लागी आईएसआई मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरु मध्येका एक हौँ। हाम्रा उच्च गुणस्तरको पाइपहरुमा गर्व छ र हाम्रा सबै उत्पादनहरुको मापदण्डहरुलाई कायम राख्नको लागी गुणस्तर नियन्त्रण प्रक्रियाहरुलाई अत्यन्त सावधानीपूर्वक पालना गर्दछौँ । हामीले नेपालमा तीन हजार २ सय वर्गफिटको ‘स्टेट अफ द आर्ट ल्याब’ स्थापना गरेका छौंँ जुन मलाई लाग्दैन कि नेपालमा अरु कुनै पनि उत्पादकले अहिले सम्म निर्माण गरेका छन्। अत्याधुनिक प्रविधिको उपयोग र उच्च मापदण्डहरु कायम राख्नको लागी  निरन्तर प्रयासले हामीलाई बजारमा एक गुणस्तरीय उत्पादकको रूपमा स्थापित गरेको छ।

३. मंगलम पाइपका मूख्य विशेषताहरु के–के हुन् जसले गर्दा उपभोक्ताहरुलाई अरु पाइपभन्दा मंगलम पाइपको छनोट गर्नका लागी प्रोत्साहित गर्दछ?

– मंगलम इन्डस्ट्रिजको लक्ष्य भनेकै नेपालका सर्वसाधारणहरुलाई सुपथ मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादनहरु प्रदान गर्नु हो । हामी आयात गरिएका पाइपहरुको तुलनामा सुपथ मूल्यमा उत्पादन र वितरण गदर्छौँ। हाम्रा उत्पादनहरु नेपालका अन्य स्थानीय उत्पादनहरु भन्दा थोरै महँगो भएता पनि हामी उच्च गुणस्तरको माध्यमबाट हाम्रा उपभोक्ताहरुलाई सबै भन्दा राम्रो उत्पादन प्रदान गर्ने कोसिस गरिरहेका छौँ।हाम्रो लक्ष्य भनेकै सुपथ मूल्यमा उच्च गुणस्तरको उत्पादन प्रदान गर्ने हो । यो नै हाम्रो विशेषता हो जसले गर्दा हामीलाई नेपाल भरिका ग्राहकहरुको विश्वास जित्न सहज बनेको छ । हामी हाम्रा ग्राहकहरुको आवश्यकताहरुलाई प्राथमिकतामा राख्दछौँ र सत प्रतिशत ग्राहक सन्तुष्टि प्रदान गर्नको लागी सबै भन्दा राम्रो तरिकामा ती आवश्यकताहरुलाई पूरा गर्नमा विश्वास गर्दछौँ । मलाई के लाग्छ भने यी विशेषताहरुले सबैलाई आफ्नो निर्माणको आवश्यकताहरुको लागी मंगलम पाइपकै छनोट गर्नको लागी आकर्षित गरिरहेको छ ।

४.लकडाउनको समयमा मंगलम सामाजिक गतिविधिहरुमा पनि सक्रिय देखियो। एउटा उधोगीका लागि सामाजिक काममा पनि योगदान गर्नु कति महत्वपूर्ण छ?

– मंगलमले छोटो अवधिमा सफलता हासिल गर्ने भन्दा लामो अवधिको समयलाई बढी प्राथमिकता दिन्छ। सद्भावना र निष्ठाको कुरा आउँदा समाज वा अन्य व्यक्तिहरुको लागी गरिएका सबै कुराले एक दीर्घकालीन प्रभाव पारेको हुन्छ । हामी सामाजिक कार्यमा सजक र सचेत कम्पनी हौँ जसले परिवर्तन ल्याउन कोसिस गरीरहेकों  छ । समाजप्रति समर्पित भई गर्नु पर्ने सेवा हाम्रो विकल्प नभई दायित्व हो । हाम्रो कम्पनी नैतिकता, समाज र वातावरणको लागी एक सकरात्मक सोचद्वारा निर्देशित छ। हो , त्यसैले समाजलाई सेवा गर्नु हाम्रो कम्पनीको मुख्य सिद्धान्तहरु मध्येको एक हो र हामी निरन्तर अझ धेरैभन्दा धेरै कार्य गर्नेे आशा राख्दछौँ र यसलाई सधैँ अघि नै बढाइ रहनेछौँ ।

 

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्