काठमाडौँ उपत्यकामा थप ५६४ मा कोरोना संक्रमण

काठमाडौँ- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौँमा ३५५, भक्तपुरमा ५८ र ललितपुरमा १५१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बुधबार १ हजार ६३० कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर २१ हजार १३९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार ६७ पीसीआर तथा २ हजार ८ सय ६३ एन्टिजेन परीक्षण भएको छ।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्