पेस्तोल र गोलीसहित ४ जना पक्राउ

वीरगञ्ज – प्रहरीले रौतहटबाट कटुवा पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको छ।

कटुवा पेस्तोलसहित प्रहरीले दुर्गा भगवती गाउँपालिका–२ भलुहीया बस्ने सञ्जय साह सोनार, सञ्जीवकुमार महतो, वडा नम्बर १ बस्ने राजेशकुमार चौधरी र गढीमाई नगरपालिका–६ धरमपुर बस्ने दिनेश महरालाई पक्राउ गरेको हो।

प्रहरीले सोनारले आफ्नै बन्दै गरेको घरको दोस्रो तल्लामा बालुवाभित्र बोरामा लुकाइराखेको १२ बोरको एक थान कटुवा पेस्तोल र सोमा लाग्ने गोली २ थान बरामद गरेको थियो।

पेस्तोल र गोली लुकाउने कार्यमा सहयोग गरेको आरोपमा थप तीन जना गरी चार जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए।

पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

 

असोज ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्