जोन्टा क्लबलाई सिद्धार्थ बैँकको करिब ५ लाख सहयोग

काठमाडौँ – सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई रु ४ लाख ९७ हजार २०० सहयोग गरेको छ। घरेलु हिंसाविरुद्ध जनचेतना फैलाउने जोन्टाको अभियानको लागि कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त सहयोग हस्तान्तरण गरिएको बैंंकले जनाएको छ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले जोन्टा क्लबकाअध्यक्ष सीमा गोल्छालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरुसँग काम गरिरहेको छ।

सिद्धार्थ बैंक बैँकिङ र रेमिट्यान्स सेवा प्रदान गर्ने नेपालको सबैभन्दा ठूलो निजी वाणिज्य बैंकहरुमध्ये एक हो। बैंकको देशभरि १८० वटाभन्दा बढी शाखाहरु छन्।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्