मी टिभी खरिदमा विशेष छुट अफर घोषणा

काठमाडौँ – ग्लोबल टेक्नोलोजी लिडर शाओमी नेपालले हरेक शाओमी टेलिभिजनहरुको खरिदमा विशेष छुटको घोषणा गरेको छ।

यस अफरअनुरुप विभिन्न मी एलईडी टेलिभिजन र अन्यको खरिदमा पर्याप्त छुटहरु प्राप्त गर्ने शाओमी नेपालले जनाएको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले देशमा शाओमी टेलिभिजनको लन्च भएदेखि नै कम्पनीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए। शाओमीका उपकरणहरुमध्ये प्रिमियम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएको उनले बताए।

‘दसैँलाई लक्षित गरेर शाओमीले ग्राहकहरुका लागि विशेष छुटको अफर ल्याएको हो’, उनले भने। यो अफर सीमित अवधिको लागिमात्र लागु हुने शाओमीले जनाएको छ।

शाओमी नेपालले ‘महापर्वको उमङ्ग’ को ट्यागलाइनअन्तर्गत ‘दसैँविथ मी’ नामको दसैँं अभियान पनि चलाइरहेको छ। यस अफरअन्तर्गत मी टिभीको खरिदमा एक भाग्यशाली ग्राहकले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् । मी फोन वापोको फोनको खरिदमा दुई भाग्यशाली ग्राहकले दैनिक मी ब्लूटूथ स्पीकर पाउने छन्।

गएको भदौ १६ बाट सुरू भएको यो अफ असोज २९ मा समापन हुने कम्पनीले जनाएको छ।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्