आज पनि आरजिटिएस चल्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम (आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले सूचनामार्फत शनिबार ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले शनिबार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्