ईपीएल क्रिकेटको चौथो संस्करण सुरु, त्रिवि मैदानमा काठमाडौँ र ललितपुरबिच प्रतिस्पर्धा

काठमाडौँ – बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको चौथो संस्करण शनिबारदेखि सुरु भएको छ । ट्वेन्टी–ट्वेन्टी फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छन् ।
शनिबार प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स–११ बीच खेल जारी छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले टस जितेर बलिङ गरिहेको छ । काठमाडौँको टिममा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि छन् ।
कुशल भुर्तेलको कप्तानीमा खेलिरहेको ललितपुरमा सन्दुन विराकोडी, ओसादा फर्नान्डो र रन्जुन मिक्यो दोर्जी विदेशी खेलाडी छन् ।
ईपीएल प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागी छन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइन खेल हुनेछ ।
ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किंग्स–११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विजेताले ५० लाख नदग पुरस्कार पाउने छन् ।