२५ लाख रुपैयाँ बराबरको भन्सार छलेको सामान बरामद

बुटवल– रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको ठूलो परिमाणमा सामान बरामद गरेको छ।

रोहिणी गाउँपालिका–२ खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामग्री प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा मारेर भन्सार छलीको सामान बरामद गरेको प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

उनका अनुसार कुर्ती १६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद भएको छ।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्