कांग्रेस अधिवेशनः सिमकोट गाउँपालिका सभापतिमा रोकाया सर्वसम्मत

सिमकोट– हुम्लाको सिमकोट गाउँपालिकाको कांग्रेस सभापतिमा धर्मराज रोकाया सर्वसम्मत चयन भएका छन्।

शनिबार भएको नेपाली कांग्रेसको अधिवेशनबाट रोकाया सर्वसम्मत सभापति चुनिएका हुन्। उनको नेतृत्वमा २७ सदस्यीय कमिटी चयन भएको छ।

यस्तै अधिवेशनबाट उपसभापतिमा इन्द्र लामा र कुन्छाङ लामा, सचिवमा सिंह बहादुर शाही र लब बोहरा, सहसचिवमा छत्त बुढा र जसपाउ रावत तथा कोषाध्यक्ष लक्ष्मीदेवी शाही चयन भएका छन्।

आफू सर्वसम्मत चयन भएपछि सभापति रोकायाले पार्टीलाई एकतावद्ध र कृयाशिल रुपमा अगाडि बढाउने बताए।

यसअघि अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कांग्रैस केन्द्रीय सदस्य जीवन बहादुर शाहीले राजनीति सामाजिक सेवा भएको हुँदा त्यसै अनुसार लाग्नु पर्ने बताएका थिए।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्