थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।

शनिबार १ हजार ३७१ कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ५० पीसीआर तथा ३ हजार ५२९ एन्टिजेन परीक्षण भएको छ।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्