विश्व शान्तिको कामना गर्दै काठमाडौँमा स्काउटको ‘सम्पदा साइकल यात्रा’

काठमाडौँ – विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौँमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौँ उपत्यकाभित्र रहेका सम्पदा बूढानीलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साइकल यात्रा’ निकालिएको हो।

युवाहरूसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साइकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए।

उनले आफूहरूले नेपाल स्काउटलाई स्थापित संस्थाका रूपमा विकास गर्न सफल भएको दाबीसमेत गरे।

काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमबीच साइकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्र निर्माण गरिएको बताए।

साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैलाउने सन्देश दिने खालका टिसर्ट प्रदर्शन गरेका थिए।

असोज ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्