लिगमा पिएसजीको लगातार आठौँ जित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार जितको यात्रा कायम राखेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले मोन्टपिलरलाई २–० ले पराजित गरेको हो ।

पिएसजीको जितमा एन्जल डी मारियाको सहयोगमा गुआइ र नेइमारको सहयोगमा ड्रेक्सलरले गोल गरेका हुन् । उनीहरुले क्रमशः १४ र ८८ औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको पिएसजीको ८ खेलबाट २४ अंक भएको छ ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा लिलेले स्ट्रासबर्गलाई २–१, निसले सेन्ट–इतिएनलाई ३–० ले पराजित गर्दा लियोन र लोरियन्टले १–१ को बराबरी खेलेका छन् ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्