भेरीमा थप दुई कोरोना संक्रमितको मृत्यु

फाइल तस्बिर

नेपालगञ्ज– भेरी अस्पताल नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँके र बर्दियाका एक/एक जना संक्रमितको मृत्यु भएको हो।

बर्दिया बारबर्दिया नगरपालिका– ४ का ७२ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको छ। भदौ ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो।

त्यस्तै बाँके कोहलपुर नगरपालिका– ५ का २२ वर्षीय पुरुष संक्रमित मृत्यु भएको छ। असोज ४ गते पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरिएको अस्पतालले जनाएको छ।

बाँके जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ३३४ को मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारमा आएका ४१८ संक्रमितको मृत्यु भएको छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्