केएफए बिजनेस स्कुलमा ‘बिसिएस आईटी’

काठमाडौँ – केएफए बिजनेस स्कुलले ‘बिसिएस आईटी’ कार्यक्रम घोषणा गरेको छ । मध्य बानेश्वरमा रहेको उक्त स्कुलले एक कार्यक्रम गरी विश्वजगतमा आईटीको महत्व बढेसँगै आफ्नो नयाँ आयाम थपेको जानकारी दिएको हो।

यस संस्थाले लिंकन विश्वविद्यालय अन्तर्गत ९ स्तम्भसहितको नयाँ बिसिएस आईटी कार्यक्रम नेपालमै पहिलो पटक ल्याएको बताएको छ ।

विभिन्न आईटी वा कोर्पोरेट कम्पनीहरुसँगको समन्वयमा तालिमको अवसर, कार्यक्रमलाई प्रभावकारी बनाउन भर्चुअल ल्याबको व्यवस्था, विषयगत र व्यावहारिक ज्ञानका लागि एकै पटक दुई प्राध्यापकको नीति, विद्यार्थीहरुलाई सर्टिफाइएड आईटी तालिम, व्यवस्थापन सम्बन्धी विभिन्न क्र्यास कोर्षहरु, विभिन्न व्यावसायिक सीप विकास सम्बन्धी तालिम, जागिरको अवसर वृद्धिका लागि व्यवस्था , आईटी सम्बन्धस् विकासका लागि चिरपरिचित व्यक्तित्वसँगको आईटी बहस जस्ता ९ स्तम्भीय बिसिएस आईटी कार्यक्रमले विद्यार्थीहरुलाई कुनै पनि कम्पनीमा आईटी सम्बन्धी काम गर्न सक्षम बनाउने विश्वास केएफएले लिएको छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्