आईपीएलमा आज दुई खेलः पहिलो खेलमा चेन्नई र कोलकात्ता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।

पहिलो खेल युएईको अबुधाविमा नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे चेन्नई सुपर किङ्स र कोलकात्ता नाइट राइडर्सबीच हुनेछ। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै छ भने कोलकात्ताको कप्तानी इयोन मोर्गनले गर्दैछन्।

जारी  आईपीएलमा ९ खेलबाट १४ अंक जोडेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा छ भने ९ खेलबाट ८ अंक जोडेको कोलकात्ता चौथो स्थानमा छ।

यस्तै दोस्रो खेलमा साँझ ७ः४५ बजे विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेञ्जर्स बैंग्लोर र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्स भिड्दै छन्। खेल दुबईमा हुनेछ।

९ खेलबाट १० अंक जोडेको बैंग्लोर अंकतालिकाको तेस्रो स्थानमा छ भने ९ खेलबाट ८ अंक जोडेको मुम्बई छैठौँ स्थानमा छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्