एमाले केन्द्रीय कमिटी बैठक सु्रु, ओलीले जवाफ दिने

एमाले केन्द्रीय कमिटि बैठक । फाइल तस्बिर

काठमाडौँ – एमालेको केन्द्रीय कमिटीको समापन बैठक सुरु भएको छ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा विधान अधिवेशन केन्द्रित बैठकमा नेताहरुले जवाफ दिन लागेका हुन्।

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान अधिवेशनमा पेश हुने राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावलाई आइतबारको बैठकले पारित गर्ने कार्यसूची रहेको छ।

पारित गर्नुअघि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले जवाफ दिनेछन्। विधान अधिवेशनमा पेश गर्न स्थायी समितिले पारित गरेर राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गरेको थियो।

ती प्रतिवेदनमाथि शनिबार १० वटा समूह बनाएर छलफल गरिएको थियो। छलफलबाट निस्केको निचोडलाई टोली नेतामार्फत बैठकमा सुनाइएको छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्