चेन्नईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कोलकात्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रकेटमा कोलकात्ता नाईट राइडर्सले चेन्नई सुपर किङ्सविद्ध टस जितेर ब्याटिङ रोजेको छ। खेल युएईको अबुधाविमा हुँदैछ।

चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै छ भने कोलकात्ताको कप्तानी इयोन मोर्गनले गर्दैछन्।

जारी  आईपीएलमा ९ खेलबाट १४ अंक जोडेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा छ भने ९ खेलबाट ८ अंक जोडेको कोलकात्ता चौथो स्थानमा छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्