वर्षाका कारण खेल रद्ध भएपछि पोखरा र भैरहवाले अंक बाँढे

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल वर्षाका कारण रद्ध भएको छ।

पहिला ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेपछि वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र दुवै टोलीलाई एक एक अंक बाँढियो।

प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स इलेभेन तथा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्