स्रोत नखुलेको साढे चार लाख रुपैयाँसहित दुई जना पक्राउ

वीरगञ्ज– स्रोत नखुलेको चार लाख ५१ हजार रुपैयाँसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको ईशनाथ नगरपालिका–२ औरैया घर भइ भारतमा बस्दै आएका निरज कुमार राय र रामचन्द्र राउत रहेका छन्।

नेपाल–भारतको सीमा नजिक प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा बी आर ३० वाइ ७२२२ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको साथबाट स्रोत नखुलेको चार लाख ५१ हजार रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धान तथा कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्