टिपरमा मोटरसाइकल ठोक्किँदा जनकपुरधाममा एक जनाको मृत्यु

जनकपुरधाम – टिपरमा मोटरसाइकल ठोकिँदा जनकपुरधाममा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय भारतीय नागरिक आनन्दकिशोर दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

आइतबार जनकपुरधामको पीडारीचोकमा मोटरसाइकल चालकले परिक्रमा सडकमा उल्टो साइडबाट गएपछि टिपरमा मोटरसाइकल पसेको प्रहरी उपरीक्षक रानाभाटले बताए।

घटनापश्चात् टिपरमा आगजनी भएको र घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको उनले बताए।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्