डोटीका नौ वटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

डोटी – सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन्। शनिबार र आइतबार सम्पन्न यहाँका पालिकाका अधिवेशनमा ७ पालिकामा सर्वसम्मत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ।

जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर खड्का, सायल गाउँपालिकामा तेजराज ओझा र आदर्श गाउँपालिकामा चन्द्रनाथ ओझा सभापति चयन भएका छन्।

केआइसिंह गाउँपालिमा अर्जुनबहादुर बलायर, जोरायल गाउँपालिकामा मोहनराज मल्ल, बडिकेदार गाउँपालिकामा करुणाकर जोशी तथा आइतबार भएको निर्वाचनबाट बोगटान फुड्सिल गाउँपालिकामा खडकसिंह बोहरा विजयी भएका छन्।

जोशी वीरेन्द्र कोड्केनीलाई पराजित गरी मतदानबाट विजयी भएका हुन् भने बोहरा बोगटान फुडसिल गाउँपालिकामा शेरबहादुर बम र चक्र केसीलाई पराजित गरी विजयी भएको कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ।

नौ वटै पालिकामा सौर्हादपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको कांग्रेस जिल्ला सभापति प्रदीपकुमार देउवाले जानकारी दिए। उनले भने, ‘सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएका छन्।’

यसअघि जिल्लाका ६५ वडामध्ये ६२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको थियो। जिल्लाका सायल गाउँपालिका वडा नम्बर १ र ५ तथा जोरायल गाउँपालिका–३ मा वडामा निर्वाचन भएको थियो ।

असोज १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्