आइपिएल : मुम्बईमाथि बैंग्लोरको ५४ रनको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर विजयी भएको छ ।
बैंग्लोरले मुम्बई इन्डियन्सलाई ५४ रनले पराजित गरेको हो ।

दुबईमा भएको खेलमा १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर एक बलमा सबै विकेट गुमाएर मात्रै १११ रन बनाउन सक्यो । उसका लागि रोहित शर्माले ४३ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । उसका लागि ग्लेन म्याक्सवेलले ५६ तथा विराट कोहलीले ५१ रन बनाए ।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्