अब बिर्तामोडमा पनि डिशहोम फाइबरनेट

काठमाडौँ– झापाको बिर्तामोडमा डिशहोम फाइबरनेट सेवा विस्तार गरिएको छ। सेवाको अधिकारिक बिक्रेताको उद्घाटन एक कार्यक्रमबीच डिशहोमका क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन्।

उक्त अवसरमा झापाका आन्य स्थानमा समेत डीएच फाइबरनेट चाँडै पुग्ने बिक्री अधिकारी प्रज्ज्वल अधिकारीले बताएका छन्।

उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी डिशहोमले फाइबरनेट सञ्चालनमा ल्याएको उनले जानकारी दिए। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा भएको अधिकारीको भनाइ छ।

काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र बिराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ। सेवालाई नेपालभर विस्तार गर्ने लक्ष्य रहेको बिक्री प्रवन्धक न्यौपानेले जानकारी दिए।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्