काठमाडौँ उपत्यकामा थप ३९४ जनालाई कोरोना

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाले ज्यान गुमाएका छन्।

सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण भएको छ।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्