चीनसँगको सीमा विवादबारे समान धारणा बनाउन जनप्रतिनिधिलाई स्थानीयको दबाब

सिमकोट– चीनसँगको सीमाना लाप्चादेखि हिल्सासम्मका सीमा विवादबारे एउटै धारणा बनाउन नाम्खा गाउँपालिकाका स्थानीयले जनप्रतिनिधिहरुसँग माग गरेका छन्।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको परस्पर विरोधी धारण आउन थालेपछि स्थानीय बासिन्दाहरुले यस्तो माग गरेका हुन्।

नाम्खा गाउँपालिका वडा नम्बर १ का वडा सदस्य तक्दीर लामाले एउटै परिवारभित्रका सदस्यबीच राष्ट्रिय मुद्दामा परस्पर विरोधी विचार सार्वजनिक गर्ने काम राम्रो नभएको बताए। उनले यसबारेमा आपसी सहमति, समन्वय र छलफल गरेर मात्र यस्ता विषयमा बोल्न आग्रह गरे।

त्यसैगरि अर्का स्थानीय मंगल लामाले राष्ट्रिय चिन्ताको विषयमा अध्यक्ष र उपाध्यक्षको विचार फरक आउनुले गाउँपालिकाकै सन्देश नराम्रो गएको बताए।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले सीमा ववाद सम्बन्धमा चीनसँग कुनै समस्या नभएको बताउँदै आएका छन् भने उपाध्यक्ष पेमा लामाले चीनले बलमिच्याइँ गरेको बताउने गरेका छन्।

जनप्रतिनिधिहरुलाई समान धारणा बनाउन आग्रह गर्न पुगेका स्थानीयलाई अध्यक्ष लामाले आफूले प्र माणका आधारमा बोलेको दाबी गरे।उनले व्यवहार र प्रमाण फरक भएको बताए थिए।

उनले पहिला नेपालीले पशुवस्तु पालन गर्दै आएको र वस्तु विनिमय गर्ने स्थानमा चीनले भौतिक संरचना निर्माण गरेको कुरा सुरुमा बताएको भए पनि पछि उनको सीमा विवाद सम्बन्ध फरक धारणा आएको थियो।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्