प्रदेश १ मा ३२७ जना कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

मोरङ– प्रदेश १ मा गएको २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षणमा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षणमा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

मन्त्रालयका अनुसार परीक्षणका क्रममा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा समान २, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण भएको हो।

झापाको विर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा समान ९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा समान ६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा समान २, कचनकवल , बाह्रदशी र झापा गाउँपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि मोरङको विराटनगरमा ३९, सुन्दरहरैंचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा समान ३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा समान १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयले पहाडी क्षेत्रतर्फ इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रिबास र संखुवासभाको धर्मदेवीमा समान २, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेह्रथुमको फेदाप र प्रदेश १ बाहिरका समान १ जनामा संक्रमण भएको जनाएको छ।

यससँगै प्रदेशमा सोमबार २ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। यसरी संक्रमणमुक्त हुनेमा १ सय २६ महिला र १ सय १४ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई महिला र दुई पुरुष गरी चार जनाको मृत्यु भएको छ।

असोज ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्