केशव दाहालको ‘मोक्षभूमि’ लाई पद्मश्री पुरस्कार र भक्तराज आचार्यलाई पद्मश्री सम्मान

काठमाडौँ – खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०७७ सालको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना समाजको घोषणा गरेको छ।

केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई पद्मश्री साहित्य पुरस्कार र गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान प्रदान गरिएको हो।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यका वर्षभरी प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार र २०६७ देखि साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा साधनारत वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ।

यी दुवै सम्मानको पुरस्कार दुई लाख रुपैयाँ बराबर रहेको छ।

असोज १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्