रोनाल्डोले इन्जुरी समयमा गोल गरे, म्यानचेस्टर युनाइटेड विजयी

इन्जुरी समयमा क्रिष्टियानो रोनाल्डोले गरेको गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा जित निकालेको छ ।

समूह एफ मा रहेको म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब भिल्लारियललाई २–१ ले पराजित गरेको हो ।

५३ औँ मिनेटमा पाको अल्कासेरले गोल गरी भिल्लारियललाई सुरुवाति अग्रता दिलाए । ६० औँ मिनेटमा ब्रुनो फेर्नान्डेसको सहयोगका एलेक्स टेल्सले युनाइटेडका लागि बराबरी गोल गरे । दुवै टिमले त्यसअघि र पछि गोल गर्ने राम्रा मौका बनाए पनि सफल हुन सकेनन् ।

इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा जेसी लिंगार्डको सहयोगमा रोनाल्डोले गोल गरी युनाइटेडलाई महत्वपूर्ण जित दिलाएका हुन् ।

समूह चरणको पहिलो खेलमा पराजित भएको युनाइटेडले दोस्रो खेलमा जित निकाल्दै तीन अंक जोडेको हो । सोही समूहको अर्को खेलमा एट्लान्टाले योङ ब्वाइजलाई १–० ले पराजित गरेको छ ।

असोज १४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्