प्रदेश १ मा थप १६८ जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा एक सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयले शनिबार ४ जनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा झापामा ३ महिला र इलाममा १ महिला छन्।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ३ सय ८७ जनाको पीसीआर परीक्षणमा ९२ र ४ सय २१ एन्टिजेन परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो।

यसक्रममा मोरङमा ५६, सुनसरीमा २४, झापामा ९ जनामा संक्रमण देखिएको छ।

विराटनगर महानगरपालिकामा ३९, पथरीशनिश्चरेमा ५, बूढीगंगा र कटहरीमा समान ३, बेलबारीमा २, सुन्दरहरैंचा, रतुवामाई, केराबारी र जहदामा समान १ जनामा संक्रमण देखिएको हो।

त्यस्तै, इटहरीमा १८, धरानमा ४, बराहक्षेत्रमा १ र ठेगाना नखुलेकोमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २ सय ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

मोरङमा १ सय २, झापामा १ सय १, सुनसरीमा ६१, इलाममा ८, धनकुटा, उदयपुर, ताप्लेजुङमा समान २, ठेगाना नखुलेकोमा २, खोटाङ, पाँचथरमा समान १ जना संक्रमित निको भएका हुन्।

यससँगै प्रदेशमा १ लाख २ सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा महिला ४३ हजार २ सय ६ र ५७ हजार ६३ पुरुष छन्।

असोज १६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्