राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरेको हो।

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ। यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो।

असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्