थप ६७९ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ।

आइतबार १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ७० पीसीआर तथा ३ हजार ८५० एन्टिजेन परीक्षण भएको छ।

असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्