डडेल्धुरा – डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडासदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना संक्र्रमणबाट मृत्यु भएको छ।

असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। असोज १४ गतेबाटै उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आइतबार शोक बिदा दिएको छ।

असोज १७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्