नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (असोज १० देखि १६ गते)

सन्त्रास घट्दै छ तर अनुशासित जीवनशैली अत्यावश्यक

विश्वमा कोरोना संक्रमण र यसका प्यान्डेमिक लहर आउने र जाने क्रम जारी रहेको देखिन्छ। विश्वको समग्र अवस्थालाई केलाएर हेर्ने हो भने हालसम्म विश्वमा ५–६ पटक कोरोना प्यान्डेमिक लहर आइसकेका छन्।

डब्लुएचओका अनुसार विश्व प्यान्डेमिकको पछिल्लो लहर जुन अन्त्यतिर सुरु भई अगस्टको अन्त्यतिर उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला विश्वमा दैनिक करिब ७३०००० सम्म कोरोनाका नयाँ सक्रमित देखा परेका थिए भने दैनिक करिब १२००० जनाको यसैका कारण मृत्यु भएको थियो। त्यतिबेला सदाझैं अमेरिका (उत्तर तथा दक्षिण अमेरिका)मा सबैभन्दा धेरै दैनिक करिब ३०००००, युरोपमा १८००००, एसियामा करिब १०००००, पश्चिम प्यासिफिकमा ८००००, पूर्वी मेडिटेरानियनमा ७०००० र अफ्रिकामा २५००० कोरोनाका नयाँ संक्रमित देखा परेका थिए।

त्यस्तै, त्यतिबेला दैनिक कोरोना मृत्युको कुरा गर्ने हो भने अमेरिकामा ४५००, एसियामा २५००, युरोपमा २०००, पूर्वी मेडिटेरानियनमामा १२००, पश्चिम प्यासिफिकमा ९५० र अफ्रिकामा ७५० जनासम्म देखा परेका थिए। डब्लुएचओको तथ्यांकअनुसार कोरोना प्यान्डेमिक सुरु भएदेखि हालसम्म दैनिक सबैभन्दा धेरै मृत्यु भएको यही पछिल्लो लहरको बेला, जुलाईको उत्तरार्धतिर, थियो जुन बेला झन्डै २०००० जनाको एकै दिन कोरोनाका कारण मृत्यु भएको थियो यद्यपि स्रोतकाअनुसार तथ्यांक पनि फरक–फरक देखिने गरेको छ।

विश्व कोरोना प्यान्डेमिकको पछिल्लो लहर केही ओरालो लागी दैनिक संक्रमण करिब ४७५००० र दैनिक मृत्यु करिब ८५००मा झरेको छ।

हालसम्मको कोरोना प्यान्डेमिकको परिदृश्य हेर्ने हो भने सबैभन्दा धेरै प्रभावित क्षेत्र एसिया देखिन्छ जहाँ हालसम्म विश्वको जम्मा संक्रमितको करिब एक तिहाइ ९३२५० संक्रमित भेटिएको छ।

चित्र नम्बर १ मा देखाइएजस्तै हालसम्म विश्वमा कोरोना संक्रमित भएका करिब साढे २३ करोडमध्ये बाँकी महादेशहरूमा युरोपमा २५५, उत्तर अमेरिकामा २३५, दक्षिण अमेरिकामा १६५, अफ्रिकामा ४५ र ओसनिया (अस्ट्रेलिया र वरपरका देशहरू)मा अति न्यून कोरोना संक्रमितहरू भेटिएका छन्। त्यस्तै, विश्वमा हालसम्मको कोरोना मृत्युको हिसाबले युरोप सबैभन्दा धेरै प्रभावित देखिन्छ जहाँ विश्वको हालसम्मको कुल कोरोना मृत्युको करिब एक चौथाई मृत्यु ९२६५० भेटिएको छ। अन्य महादेशमा दक्षिण अमेरिकामा २४५, उत्तर अमेरिकामा २३५, एसियामा २३५, अफ्रिकामा ४५ र ओसनियामा न्यून कोरोना मृत्यु देखिएका छन्।

चित्र नम्बर २ ले दक्षिण एसियाको १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको छ।

हाल दक्षिण एसियामा दैनिक करिब २७००० नयाँ कोरोना संक्रमण र करिब ४५० नयाँ मृत्यु देखिने गरेको छ। स्मरण रहोस्, दक्षिण एसियाको पछिल्लो प्यान्डेमिक लहरको बेला दैनिक करिब ४००००० भन्दा बढी नयाँ कोरोना संक्रमण र ५००० भन्दा बढी नयाँ मृत्यु देखिने गरेको थियो।

चित्र नम्बर ३ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ।

त्यस्तै, चित्र नम्बर ४ ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशमा दैनिक मृत्युमा पनि कमी हुँदै आएको छ। भारतमा भने दैनिक कोरोना मृत्यु हरेक दिन केही तल–माथि हुने क्रम जारी छ।

चित्र नम्बर ५ ले दक्षिण एसियाली र अन्य केही देशको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय र आवर वल्र्ड इन डाटाका अनुसार साप्ताहिक औसत संक्रमण दरको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै पछिल्लो समय सबै दक्षिण एसियाली देशलगायत अमेरिका, जापान र बेलायतको पनि दैनिक संक्रमण दरमा क्रमिक कमी आएको देखिन्छ। यद्यपि, श्रीलंकाको दैनिक संक्रमण दर हाल पनि अन्यको भन्दा उच्च देखिन्छ। केही समयअघिसम्म निकै उच्च रहेको बंगलादेशको दैनिक संक्रमण दर हाल नेपालको भन्दा निकै कम देखिन्छ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गत हप्ता सन् २०२१ सेप्टेम्बर २६ देखि अक्टोबर २९ अर्थात् २०७८ असोज १० देखि १६० जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।

गत साता पनि प्यान्डेमिकका तथ्यांक विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकका आधारमा गत साता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरिहेरौँ–

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२१ सेप्टेम्बर २६ देखि अक्टोबर २९ अर्थात् ०७८ असोज १० देखि १६० जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र नम्बर ६ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत साताको सात दिन, असोज १६ गते शनिबारसम्म, देशभरि जम्मा ६०६० जना नयाँ संक्रमित थपिई संक्रमितको संख्या ७९६६१८ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण दुई साताअघि ६७५२ थियो।

त्यस्तै, साप्ताहिक मृत्यु गत साता ७० रह्यो जुन दुई साताअघि ५९ थियो। गत साता जम्मा ६७२६० पीसीआर परीक्षण गरियो जुन दुई साताअघि ६८०३७ थियो। यसरी पछिल्लो समय नेपालको साप्ताहिक कोरोना संक्रमण संख्यामा क्रमशः कमी हुँदै गएको छ भने साप्ताहिक मृत्यु पनि कम हुँदै गएकामा गत साता साप्ताहिक कोरोना मृत्यु संख्यामा केही वृद्धि भएको छ। साप्ताहिक पीसीआर परीक्षण संख्या पनि पछिल्लो समय कम हुँदै गएको छ।

गत साता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको तुलनामा औसतमा ३९.१७५ जति देखिएको छ जुन दुई साताअघि ३९.५१५ थियो। पर्वको समयसँगै सिंगो देशको दाँजोमा काठमाडौँ उपत्यकाको दैनिक संक्रमण अनुपात पछिल्लो समय केही बढ्न खोजेजस्तो देखिन्छ।

बजार तथा सार्वजनिक क्षेत्रमा बढ्दो भीडभाड यसको प्रमुख कारण हुन सक्छ। पछिल्लो समय कोरोना संक्रमण उपत्यकाबाहिर कास्की, मोरङ, रूपन्देही, झापा आदि ठाउँमा बढेको देखिन्छ।

दैनिक संक्रमण दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी (संक्रमण दर) सबैभन्दा भरपर्दो मापदण्ड हो, जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र नम्बर ७ ले नेपालको गत साताको दैनिक संक्रमण दर देखाएको छ जुन विस्तारै केही घट्दै गएको देखिन्छ। गत साता पोजिटिभिटी दर न्यूनतम ७.७५५ देखि अधिकतम ११.७७५ सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ९.२९५ रह्यो जुन दुई साताअघि ९.९७५ थियो। नेपालको कोरोना संक्रमण दर डेढ महिनादेखि केही कम हुँदै गएको छ।

संक्षेपमा, पछिल्लो समय, नेपालमा पर्व र भीडभाडको समयको बाबजुद, दैनिक संक्रमण, मृत्यु र संक्रमण दरमा कमी आएको देखिन्छ जुन सुखद पक्ष हो। गत साता नेपालको साप्ताहिक कोरोना संक्रमण संख्या र साप्ताहिक संक्रमण दरमा केही कमी आए पनि साप्ताहिक कोरोना मृत्युमा भने केही वृद्धि भएको छ। सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको कोरोना संक्रमण अनुपात पनि स्थिर देखिन्छ। त्यस्तै, दक्षिण एसियामा पनि समग्र रूपमा दैनिक संक्रमण र मृत्युमा कमी आएको छ।

हाल नेपालमा कोरोना संकटकाल तथा निषेधाज्ञा पूर्णरूपमा हटिसकेको अवस्था छ। यद्यपि, यो संक्रमण दरको हिसाबले डब्लुएचओको मापदण्डभन्दा बाहिर छ। सरकारी नियम जेसुकै भए पनि नागरिकले आफ्नो तर्फबाट कडाइसाथ होसियारी तथा सावधानीका उपाय अपनाउनुपर्ने देखिन्छ। आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरूलाई पनि बचाउन सकिन्छ। कोरोना प्यान्डेमिक समस्त मानव जातिका लागि एक युद्ध हो। अलि दुःख र कष्ट सहेर भए पनि सुनौलो भविष्यका लागि यो युद्ध लडेर जित्नै पर्छ। यसको अरू कुनै विकल्प नै छैन।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशासित जीवनशैली नै एक मात्र यस्तो हतियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्छ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ।

हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएका बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

यस लेख नेपालमा साप्ताहिक रूपमा प्यान्डेमिक हेर्ने ऐनाको रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

असोज १८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्