साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ ।

सोमबार राति भएको दोस्रो खेलमा नेपाली टोलीले श्रीलंकालार्य ३–२ ले पराजित गरेको हो । नेपाली टोली यो जितसँगै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाली टोलीका लागि ३० औँ मिनेटमा सुमन लामा, ५१ औँ मिनेटमा अञ्जन विष्ट र ८६ औँ मिनेटमा मनिष डाँगीले गोल गरेका हुन् ।

श्रीलंकाका लागि ५७ औँ मिनेटमा मार्वन हामिल्टन र इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा डिलन डे सिल्भाले पेनाल्टीमा गोल गरेका हुन् ।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्