कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

फाइल तस्बिर।

काठमाडौँ – सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गरी खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाका लागि उपचाररत रहेको जनाएको हो ।

अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्