नेपालगञ्जमा १९ वर्षे युवकको शव फेला

नेपालगञ्ज – नेपालगञ्जमा १९ वर्षे युवाको शव फेला परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को गायत्री मन्दिर नजिक खाली जमिनमा १९ वर्षीय रोहित थारुको शव भेटिएको हो ।

रोहितको परिवार लामो समयदेखि वडा नम्बर १ मा बस्दै आएको थियो । उनीहरुको खास घर बर्दियाको राजापुरमा पर्छ ।

गायत्री मन्दिरको नजिक रहेको खाली जमिनमा रोहित मृत फेला परेपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको जस्तो नदेखिएको बताए । ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेकोजस्तो देखिँदैन’, प्रवक्ता न्यौपानेले भने ।

मंगलबार बिहान ८ बजे खेतमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्