त्रिभुवन विमानस्थलमा श्री एयरको विमान चिप्लिएर घाँसतिर

काठमाडौँ – श्री एयरलाइन्सको जहाज चिप्लिएर घाँसतिर गएको छ । जहाज बिहान ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको विमानस्थलले जनाएको छ । जहाज धावनमार्गमा नरहेका कारण उडानमा भने असर परेको छैन ।

जहाजको एउटा चक्का घाँस क्षेत्रमा फसेकाले निकाल्ने प्रयास भइरहेको विमानस्थलले जनाएको छ । नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको विमान फसेको हो ।

सो विमानमा चालकदलका चारसहित ८० जना सवार थिए । यात्रुहरुलाई अर्को विमान मार्फत पठाउने तयारी भएको छ ।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्