सेयर कारोबार बजार खुलेको सुरुमै सकारात्मक

काठमाडौँ – साताको तेस्रो दिन मंगलबार सेयर कारोबारको सुरुवात सकरात्मक देखिएको छ।

कारोबार सुरु भएको केही मिनेटमै सेयर बजारमा हरियाली छाएको छ। सेयर बजार यो अवधिमा ६.३७ अंकले बढेर नेप्से परिसूचक २ हजार ५ सय ७७.१८ विन्दुमा उक्लिएको छ।

सेयर बजार ०.२५ प्रतिशतले बढ्दा नेप्से परिसूचक २ हजार छ सय ७७.१८ विन्दुमा उक्लिएको हो।

यस अवधिमा ४२ हजार ८ सय ६३ कित्ता सयेर ३ करोड १६ लाख ५० हजार ६ सय ४६ रुपैयाँमा कारोबार भएको छ।

यो समाचार तयार पार्दासम्म बैंकिङ ३.१५ अंक, टे«डिङ ५२.४६ अंक, डेभलोपमेन्ट बैंक १६.९३ अंक, हाइड्रो पावर ७.२४ अंक, फाइनान्स् १०.८४ अंक, म्यानु एण्ड प्रडक्शन ३१.८३ अंक, माइक्रो फाइनान्स् १५.९६ अंक, र इभेष्टमेन्ट १.११ अंकले उप–समुह बढेका छन्। टोलस् एउण्ड टुरिजम २२.१५ अंक, नन् लाइफ इन्स्योरेन्स ५.०४ अंक र लाइफ इन्स्यारेन्स ३६.३२ अंकले घटेका छन्।

सोमबार सुरुवातमा सेयर बजार सकरात्मक देखिए पनि पछि घटेको थियो।

असोज १९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्