रेफ्रीमाथि आक्रमण गर्ने ब्राजिलका खेलाडीविरुद्ध हत्या प्रयासको अभियोग दर्ता

ब्राजिलमा एक फुटबल खेलाडीमाथि रेफ्रीको हत्या प्रयास गरेको अभियोगमा उजुरी दर्ता भएको छ । स्थानीय लिग खेलको क्रममा रेफ्रीको टाउकोमा हिर्काएका खेलाडीविरुद्ध हत्या प्रयासको अभियोग दर्ता भएको हो ।

साओ पाउलो क्लबका खेलाडी विलियम रिबेइरोले रेफ्री रोड्रिगो क्रिवेलारोलाई किक हानेका थिए । सोमबारको खेलमा आफूविरुद्ध फउल दिएपछि विलियमले रेफ्रीलाई किक हानेका हुन् ।

गुएरानी र साओ पाउलोबीचको खेल दोस्रो हाफमा निलम्बित गरियो र रेफ्रीलाई अस्पताल लगिएको थियो । रेफ्रीलाई पछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो । तर विलियमलाई भने क्लबले बर्खास्त गरेको छ ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्