नौ अभिनेत्रीलाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

काठमाडौँ – नायिका तथा निर्माता रेजिना उप्रेती र कलाकार बिमला केसीको दुई संस्थाले घटस्थापनाका दिन नेपाली चलचित्र क्षेत्रका ९ जना नायिका एवं अभिनेत्रीहरुलाई सम्मान गर्दैछन्।

नवदुर्गा सम्मानबाट अभिनेत्रीहरुमा चैत्य देवी, शर्मिला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी, सुरक्षा पन्त, साम्राज्ञीराज्यलक्ष्मी शाह र उपासनासिंह ठकुरी सम्मानित हुने भएका हुन्।

दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७८ चलचित्र विकास बोर्डको सभाहलमा दिउँसो २ बजे आयोजना हुँदै छ। रेजिना इन्टरटेनमेन्ट र सहिद फिल्म्सले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो। सुरक्षा मापदण्ड अपनाएर कार्यक्रम आयोजना गर्न लागिएको छ।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्