गृहमन्त्री खाँण बाढी पहिरो प्रभावित मनाङको अनुगमनमा

चामे गाउँपालिका–४ स्थित मस्र्याङ्दी नदीमा आएको बाढीले क्षति पु¥याएका स्थल अवलोकन गर्दै गृहमन्त्री बालकृष्ण खाँण। तस्बिर : नवीन लामिछाने/रासस

मनाङ– गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरोले क्षति पुर्‍याएको मनाङकाे बिहीबार अनुगनमन तथा निरीक्षण गरेका छन्।

उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुनर्निर्माणका बारेमा जानकारी गराएका छन्।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका थिए।

बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो।

सो अवसरमा पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेका थिए।

असोज २१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्